अमेरिकामा भूटानी-नेपाली चलचित्र 'भूल्ने पो हो कि'

अमेरिकामा 'नेपालीको कानुनी रुपमा नेपालबाट आएको 'नेपालीहो । तर भाषिकसांस्कृतिक आदि रूपमा नेपाली बोल्ने नेपाली मूलको मानिस 'नेपालीहो । त्यहि परिभाषा समेटेको छ, अमेरिकामा बनेको भूटानी-नेपाली चलचित्र 'भूल्ने पो हो कि --- 'ले ।अमेरिकामा करिब ५० हजार नेपाली-भाषी भूटानी पुर्नस्थापित भएपछि त नेपाली बोल्नेको संख्या निकै बढेको छ । गत वर्ष भएको अमेरिकी जनगणनाले नेपाली कति छन् भनिसकेको छैन । अनुमान थरिथरि गरिएको छ । तर नेपालीभूटानी भनेर वर्ग (क्याटेगरी) छुट्टिएको छ । यहि सन्दर्भमा बनेको चलचित्रमा पुर्नस्थापित हुन जाँदा फरक समयमा आएका नायक र नायिकाको मिलन अनि विछोडको कथा छ । गत अगस्तमा छायांकन थालिएको र अक्टोबर-मध्यमा सकिने डाइरेक्टर अफ फोटोग्राफि हिमग्याप लामा (ताशी)ले बताए । लामाका अनुसार अनिश थापाले कथाको रुपरेखा तयार पारेका हुन्उनी यसका नायक पनि हुन् । पटकथा भने प्रकाश पुरी र वसन्त अधिकारीको हो । टेकबहादुर सार्की चलचित्रका निर्माता हुन् ।नायक थापा (हेमन) बाहेक नायिका प्रियंका कार्की (सुष्मा)अमेरिकी युवा डेनी कुक (ह्यारी)सोमु थापा (निलम) र टंक न्यौपाने (सुमन) यसका मुख्य कलाकार छन् । यसको छायाकंन अमेरिकाको अटलान्टाटेन्नेसीकोलोराडोन्युयोर्कनियग्रा फल्स आदि स्थानमा गरिएको छ । हिमग्याप भन्छन्, '२०११ को अन्त्यसम्म प्रदर्शन थाल्नेछौं । त्यो पनि नेपालबाट । नेपाली बोल्ने जहाँ पुगेका छौंत्यहाँ चलचित्र पु-याउनेछौं ।'यस चलचित्रमा ४ गीत छन् । आफ्ना दुई गीत यस चलचित्रमा प्रयोग भएको गीतकार शेखर ढुंगेलले बताए । 'म आफ्नो तेस्रो एल्बमको तयारीमा थिएँ । ताशीजीले मेरा दुई गीत मनपराउनु भयो । अन्जु पन्त र स्वरूपराज आचार्यका दुई भिन्नाभिन्नै गीत हुन्,' गीतकार ढुंगेलले भने । उनका 'आकांक्षा' (२००६) र 'सम्झना' (२००७) एल्बम आइसकेका छन् । नेब्रास्का बस्ने भक्तपुरका गीतकार ढुंगेलले अक्षरिका नेपाली न्युजलेटरलाई भने,'चलचित्रमा गीतकार भएको भने पहिलो हो ।थप दुई गीत टंक बुढाथोकीले लेखेका छन् ।
- ईकान्तिपुर