गायक राजेशपायल राईले केहि समय अगाडी आफ्नो फेसबुक वालमा कुवेत जान लागेको बताउँदै रोमान्टिक पारामा दुबईमा हुने तीन घण्टे ट्रान्जिटका लागि समय बिताउन गार्‍हो हुने भन्दै कसैको साथ भए रमाईलो हुने कुरा उल्लेख गरेका छन् ।

निकै रोमान्टिक हुँदै राजेशले लेखेका छन्, 'काठमाण्डू टु दुबई टु कुवेत ट्रान्जिट यात्रा मलाई क्या झ्याउ लाग्छ । दुबईमा तीन घण्टा कसरी बिताउने होला । साथमा कोही भए पनि त हिहिहिहिहिहि लोल जस्ट इम्याजिन ।' यसरी स्टाटसमा हेर्दा लाग्छ राजेशलाई कसैको साथ चाहिएको छ । अब उनको त्यो साथ कसैले पूरा गरिदेला त ? कसैको साथ पाएनन् भने राजेशले तीन घण्टाको समय कसरी बिताउलान् त ? चासोको बिषय बनेको छ । आशा गरौं राजेको तीन घण्टाको समय रोमान्टिक होस् । 

मरुभूमिको देश कुबेतमा नेपाली कला संस्कृति परम्परा जोगाउन तल्लिन लालिगुराँस सांस्कृतिक परिवार कुबेतले आउदो सेक्टेम्बर ३० तारिख गर्न लागेको दशहरा रमझमका लागि राजेश कुवेत जान लागेका हुन् । गायक राई कार्यक्रमको मुख्य आकर्षण र केन्द्रबिन्दु मानिएका छन् । उनको साथमा कुबेतमा कार्यरत करिब दुइ दर्जन कलाकारले आफ्नो बेजोड प्रस्तुती पस्कने भएका छन् ।

पार्श्व गायनमा आफ्नो स्थान बलियो बनाएका यि गायकले कार्यक्रममा आफ्ना नयाँ एल्बमका गीत तथा चलचित्रका गीतहरू गाउने भएका छन् । राईले कुबेतबासी नेपालीलाई आफ्ना मिश्रित गीतले नचाउने बताए । गायक राई कार्यक्रमका लागि आज साँझ ६ बजे कुवेत उड्दै छन् । नेपाली गीतसंगीतलाई जोगाउन तल्लिन राई थुप्रै आधुनिक तथा चलचित्रको गीत मार्फत नेपालीहरुको मुटुको ढुकढुकी बनिसकेका छन । 'राई इज किंग' चलचित्रका नायक समेत बन्न लागेका राई स्टेज प्रस्तुतिका लागि नम्बर वन गायकको रुपमा चिनिन्छन् । source: filmykhabar