शिला के जवानीमा राजेश पायल

भारतीय चर्चित नायिका कटि्रना कैफले शिला की जवानी बोलको गीतमा आईटम डान्स गरिन् । यो गीतले निकै चर्चा पनि पायो । तर अब यही बोलको गीतमा गायक राजेश पायल राईले आवाज दिने भएका छन् । गायक राजेश पायल राई र मिथिला मल्टी मिडियाबीच यस्तै सम्झौता भएको छ । भोजपुरी भाषामा तयार हुन लागेको शिला के जवानी नामक एल्वमका लागि गायक राईले आवाज दिने भएका छन् । ९ गीत समावेश हुने यो एल्बममा ८ गीतमा राईको सोलो आवाज र एक गीतमा भोजपुरी चर्चित गायिका कल्पनासँग राईले गीत गाउने बताइएको छ । चैतको अन्तिम साताबाट गीत रेकडिङ शुरु हुने यो एल्वमका सबै गीतमा गायक राईले नेपालमै आवाज दिनेछन् ।
कार्यक्रममा बोल्दै उनले भने -’म नेपाली माटोमा नै जन्मेकाले भारतमा गीत गाउन भन्दा नेपालमै गाउँछु भनेर प्रस्ताव गरें । कम्पनीले पनि स्वीकार गर्यो ।’एक नेपाली गायकले यसरी बिभिन्न भाषामा गीत गाउनु आफैंमा सकारात्मक कुरा हो । यो एल्बमलाई भारतीय चर्चित म्युजिक बितरक कम्पनी टी सिरीजले बितरण गर्नेछ । यसभन्दा अघि राईले जापानी, लिम्बु भाषमा समेत गीत गाइसकेका छन् । कार्यक्रममा राईले भने -’यसरी बिभिन्न भाषामा गीत गाउने म पहिलो गायक होला तर यसले अन्य गायकलाई समेत बाटो खोलिदिएको छ ।
यो एल्वममा विनय बिहारी, अशोक सिन्हा, अजय अनुरागी र आर.के. राजुको शब्द रहने बताइएको छ । यसरी नेपाली सिनेमाहरु भोजपुरी भाषामा डबिङ हुन थालेको समयमा एक गायकले समेत यो बाटो अपनाएका छन् । यसले नेपाली चलचित्र र संगीतको बजार फराकिलो हुने विश्वास गर्न सकिन्छ ।