बैंकिङ प्रविधि सचेतनामा राजेश हमाल

नायक राजेश हमालले पनि समय समयमा बिभिन्न कार्यक्रम गर्दै आएका छन् । यिनै चर्चित नायक हमाल अब बैंकिङको विषयमा सचेतना जगाउन लागि परेका छन् । काठमाडौंको एक पाँचतारे होटलमा आयोजना गरिएको एक कार्यक्रममा नायक हमालले हुन्डी प्रविधिबाट पैसा नपठाउन बिदेश वस्ने नेपालीहरुलाई आग्रह गरेका थिए ।
‘संसारा शुभकामना साँझ’को बारेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नायक राजेश हमालले आफ्नो भनाई राखेका थिए । संसाराले आयोजना गर्न लागेको यो शुभकामना साँझ नया वर्षको अवसर पारेर हनेछ । यो कार्यक्रम बेलायतमा आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
कार्यक्रममा भाग लिनका लागि नायक राजेश हमाल, हाँस्यजोडी दिपकराज गिरी र दिपाश्री निरौला, गायक हिमाल सागर बेलायत जाने कार्यक्रम छ । आयोजकका अनुसार हुण्डीबाट पैसा पठाउने चलन बढ्दै गएको र यसरी पैसा पठाउदा असुरक्षित हुने भएकाले सुरक्षित बैंकिङ प्रबिधिबाट रकम पठाउन सचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको हो ।
यसरी नायक राजेश हमाल नेपाली सिनेमा क्षेत्रमा लागि महानायक मात्र नभई बिभिन्न जनचेतना जगाउने कार्यक्रममा पनि लागि परेका छन् । हेरौं नायक हमालले अन्य के के काम गर्दै जाने हुन् ।