नायिका नम्रता श्रेष्ठ केही समय गुपचुप रहेपनि अहिले फेरि बिस्तारै बाहिर क्रममा रहेकी छिन् । जीवनमा भुल्न नसकिने सेक्स स्क्यान्डलले एकाएक हराएकी नम्रता अहिले सामान्य रुपमा फकर्ँदैछिन् । युवा पुस्तादेखि संचारमाध्यमले समेत नम्रतालाई राम्रै सहयोग गरे जसका कारण नम्रतालाई चाँडै नै पुनरागमनको लागि सजिलो बनायो ।
दुईवटा सिनेमा खेल्न नपाउँदै नम्रताको उचाई चुलिएको थियो । नयाँ पुस्ताले निकै रुचाएकी नम्रता अहिले पनि चलचित्र क्षेत्रमा निकै नै माग भएकी नायिकाको रुपमा चिनिन्छन् । यसैले पनि नम्रताको आगमन सहज रुपमा भएको छ, पुनः एकपटक । अहिलेसम्म नम्रताले चलचित्र ‘सानो संसार’, ‘मेरो एउटा साथी छ’ र ‘मिस यु’ मा अभिनय गरिसकेकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘मिस यु’ रिलिजको क्रममा रहेको छ । चलचित्र ‘मिस यु’ ले हलसम्म दर्शक तान्यो भने त्यो नम्रताकै कारणले हुने बिश्लेषण पनि बजारमा नचलेका होईनन् ।‘मिस यु’ को रिलिजको तयारीका कारण व्यस्त नायिका अब छड्के हान्न तर्फ लाग्ने भएकी छिन् । आखिर नम्रता के कुराको छड्के हान्न तयार छिन् त ? नम्रता कुनै सरकारी निकाय या सिनेमा क्षेत्रका बिभिन्न निकायमा छड्के हान्न तयार भएकी होईनन् । नम्रताले अब चौथो सिनेमामा अभिनय गर्ने पक्का भएको छ, जसको नाम ‘छड्के’ राखिएको छ । यो सिनेमामा नम्रताले अभिनय गर्नेछिन् । चलचित्र ‘छड्के’लाई निगम श्रेष्ठले गर्ने पक्का भएको छ ।
चलचित्रमा उनका साथमा चलचित्र ‘लुट’का चर्चित कलाकार सौगात मल्ल, दयाह्याङ राई र ‘ब्याच नम्वर १६’ का चर्चित खलपात्र अर्पण थापाले अभिनय गर्ने पक्का भएको छ । चलचित्र छड्केले नम्रता धेरै नै उत्साहित भएको बुझिएको छ । जे होस्, छड्के हान्ने तयारीमा रहेकी नम्रतालाई हामी त शुभकामना भन्दा अरु के नै दिन सक्छौं र ?