नेपाली ‘पलपलमा’ र हिन्दी ‘देसी व्वाईज’को कथा एउटै !

नेपाली चलचित्रहरु हिन्दी सिनेमावाट प्रभावीत भएका या कपि नै गरिएका उदाहरण त हामी सवै सामु छर्लङ्गै छ । तर नेपाली सिनेमावाट पनि हिन्दी सिनेमाहरु प्रभावीत हुनेरहेछन् । जुन कुरा खासै वाहीर आएको पाइदैन । किनकी हामी सिनेमा हिन्दीवाट मात्र नेपालीले कपि गर्छन् भन्ने सोच राख्छौं ।
भर्खर मात्र प्रदर्शनमा आएको एक हिन्दी सिनेमा नेपाली चलचित्रसँग केही हदसम्म मिल्न गएको छ । यो सिनेमा हो, अक्ष कुमार र जोन ईव्राहीमले अभिनय गरेको चलचित्र ‘देसी व्वाईज’ । यो चलचित्रको मुख्य कथावस्तु नेपाली चलचित्र ‘पलपलमा’सँग मिल्न गएको छ । जागिर नपाएपछि यौन पेशामा लागेका पुरुषहरुको कथावस्तुमा तयार भएको नेपाली सिनेमा ‘पलपलमा’ निर्माण भएको करिव ४ वर्ष जति भयो । तर भर्खर मात्र तयार भएको चलचित्र ‘देसी व्वाईज’ले पनि यही कथावस्तुलाई मुख्य आधार वनाएको छ । चलचित्र ‘पलपलमा’ मा नायक रमित ढुङ्गाना र दिलीप रायमाझीले अभिनय गरेका छन् ।
जहाँ यी दुई आफ्नो डेराको भाडा तिर्न नसकेर र राम्रो खाउँ मिठो लाउँ भन्ने चाहना पुरा गर्न नसकेर पुरुष वेश्या वन्न थाल्दछन् । यस्तै कथावस्तुमा तयार भएको छ चलचित्र ‘देसी व्वाईज’ । चलचित्रमा आफ्नो शिक्षा अनुसारको जागीर नपाएपछि यी दुई नायक पनि पुरुष वेश्या वन्न थाल्दछन् । जहाँ नायक अक्ष कुमार एक वच्चाको पालनपोषण र भाडा तिर्नकै लागि पुरुष वेश्या वनेका छन् । उनले विभीन्न युवतीसँग रात विताउछन् र यसको वापत उनी पैसा लिने गर्दछन् । चलचित्र ‘पलपलमा’मा रमित र दिलीपको जिवनस्तर सुधि्रएजस्तै, ‘देसी व्वाईज’मा पनि पुरुष वेश्या वनेपछि अक्ष र जोनको जिवन स्तरमा फेरवदल आएको देखाईन्छ । यसरी चलचित्र पलपलमा र ‘देसी व्वाईज’को मुख्य धार एउटै हो । चलचित्र ‘पलपलमा’मा सुरुमा रमितले आग्रह गरेको पुरुष वेश्या वन्ने आग्रहलाई दिलीपले नकारेजस्तै ‘देसी व्वाईज’मा पनि अक्षले गरेको आग्रहलाई जोनले सुरुमा नकारेका हुन्छन् तर पनि अन्तत उनी पनि पुरुष वेश्या वनेको देखाईन्छ चलचित्रमा । यसरी, हेर्दा ‘देसी व्वाईज’ नेपाली चलचित्र पलपलमा वाट प्रभावीत रहेको छ ।
यदि, नेपाली सिनेमा हिन्दी सिनेमावाट यति मात्र पनि प्रभावीत भएको भए चोरीएको आरोप लगाईन्थ्यो तर नेपाली सिनेमावाट हिन्दी सिनेमा प्रभावीत भएको वारेमा कसैले पनि मुख फोरीहाल्दैनन् ।
उकेश दाहालले केही वर्ष अघि वनाएको चलचित्र ‘पलपलमा’को कथावस्तुको मुख्य धारसँग हिन्दी सिनेमा ‘देसी व्वाईज’को कथावस्तु मिल्दो जुल्दो छ । चलचित्र ‘देसी व्वाईज’ वन्ने वेलामा यसका निर्माता र निर्देशकले चलचित्र ‘पलपलमा’ हेरे या आफ्नै धारले सिनेमा लेखे, त्यो त आफ्नो ठाउँमा छ । तर, पलपलमा सिनेमाको जस्तै कन्सेप्ट राखेको छ हिन्दी चलचित्र ‘देसी व्वाईज’ले ।
- अनलाईन खबर