रागिनीले मागिन् मुकेशसँग माफी

‘रागिनी हो मेरो नाम, केही न केही उपाय त निकालिहाल्छु नि ।’ मोडल रागिनीको यही घमन्डका कारण पिकनीक गईरहेको एउटा बस नै दुर्घनामा पर्यो । दुर्घटनामा परी, लामो कपाल पालेको एक युवक सख्त घाईते नै भए । उनै युवती अर्थात मोडल रागिनीले घाईते युवकलाई भेटेर माफी माग्दै भनिन् – ‘मलाई माफ गर्नुहोला, मेरो कारणले यत्रो घटना घट्यो । आखिर के गर्ने मेरो चाँडै रिसाउने बानी छ ।’ यसो भनिरहँदा मोडल रागिनी निकै चिन्तित देखिएकी थिईन् । रागिनीले माफी मागेको व्यक्ति अरु कोही नभएर नायक मुकेश ढकाल थिए ।
तर, रागिनीले मुकेशसँग एक चलचित्रको पर्दाभित्र माफी मागेकी हुन् । पिकनीक गईरहेको गाडिलाई आफ्नो जिद्दीका कारण रोकेकी रागिनीकै कारणले बस दुर्घटना भएको हो । चलचित्रमा मोडल रागिनीको भुमिकामा देखिएकी रागिनी खड्गी यही चलचित्रको संवाद डविङ गर्ने क्रममा भेटिईन् । चलचित्रका निर्देशक शोभित वस्नेतले नायिका खड्गीलाई संवाद बोल्न सिकाउँदै थिए र रागिनी आफ्नो पहिलो सिनेमामा निकै मेहनत गरिरहेकी थिईन् ।
चलचित्र प्लानमा रागिनीका अलवा नायक मुकेश ढकाल, नायिका अनुष्का ढकाल र निर्देशक शोभित बस्नेतको समेत अभिनय रहेको छ । चलचित्रलाई कविता श्रेष्ठले निर्माण गरेकी हुन् । चलचित्र प्लानको हाल धमाधम डविङ कार्य भईरहेको छ । डविङ नसकिएकै कारणले चलचित्रको प्रदर्शन मिति मंसिरको अन्तिम साताबाट माघको पहिलो सातासम्मलाई सारिएको थियो ।
चलचित्रले डिजेहरुको कथावस्तुलाई बोकेको छ । चलचित्रको डविङ गरीरहेकी रागिनीले भनिन् – ‘मैले यो सिनेमाबाट धेरै नै अपेक्षा गरेको छु । मेरो पहिलो सिनेमा भएकाले पनि निकै मेहनत गरेको छु । हेरौं चलचित्रले मेरो करीअर अगाडि बढाउन धेरै नै मद्दत गर्नेछ ।’ निर्देशक शोभित बस्नेत पनि चलचित्रबाट रागिनीलाई प्रमोशन गर्ने सुरमा छन् । रागिनी द्वन्द्व निर्देशक राजेन्द्र खड्गीको छोरी हुन् ।
साभार: अनलाईन खबर