फिल्म निर्देशक रायमाझीको निधन


२ कात्तिक, काठमाडौं । चलचित्र निर्देशक दीपक रायमाझीको निधन भएको छ । रायमाझीको गएराति १२ : ३० मा हृदयघातका कारण निधन भएको उहाँको परिवारीक श्रोतले जनाएको छ । ह्दयघात भएपछि उहाँलाई बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो ।
अस्पताल लगेको केही समयपछि उहाँको निधन भएको थियो । सन् १९८० मा रुसबाट चलचित्र निर्देशनमा स्नाकोत्तर गर्नुभएका रायमाझीले ‘युग देखि युग सम्म’ ‘कसम’, ‘प्रियसी’, ‘पराईघर’, ‘हाम्रो मिलन कहिले हुन्छ’लगायतका फिल्म निर्देशन गर्नुभएको छ ।
रायमाझी नायक राजेश हमालमा मामा हुन् । रायमाझीले नायक हमाललाई चलचित्र ‘युगदेखि युगसम्म’ बाट चलचित्रमा प्रवेश गराउनुभएको थियो । रायमाझीका दुई छोरी र श्रीमती हुनुहुन्छ ।
जेठी छोरी अमेरिककामै छिन् भने कान्छी नेपालमै । रायमाझीको शव अहिले पशुपति आर्यघाट लगिएको छ ।
- साभार: अनलाईन खबर